काठमाडाैँ । चार दिनदेखि आएको निरन्तर वर्षाका कारण उदयपुर जिल्लाको मध्यपहाडी क्षेत्रको रौता, मुर्कुची, पुवाँरे, माझखर्क, लिम्चुङबुङ गाउँपालिका क्षेत्र जोड्ने सडक भत्केर अवरुद्ध बन्न थालेपछि दसैँ नजिक आउँदै गर्दा यसक्षेत्रको जनजीवन कष्टकर बन्न पुगेको छ ।
सडक अवरुद्ध भएर यातायात बन्द हुन पुगेपछि दसैँका लागि आवश्यक पर्ने खाद्यान्न, दैनिक उपभोग्य वस्तुको अभाव शुरु भएको पनि सो गाउँपालिकाका जनप्रतिनिधि बताउँछन् । दसैँको बेला आवश्यक पर्ने चामल, चिनी, तेल, लत्ताकपडादेखि अन्य उपभोग्य वस्तु खरीद गर्ने बेलामा पुनः सडक अवरुद्ध भएपछि यस क्षेत्रको जनजीवन पुनः कष्टकर बन्न थालेको सो गाउँपालिका–४ बलाम्ताका डिकबहादुर राई बताउँछन् ।
प्रतिकृया दिनुहॊस