रुपन्देहीमा व्यवसायीको गोली हानी हत्या

बुटवल । रुपन्देहीको देवदह नगरपालिकामा एकजना व्यवसायीको हत्या भएकाे छ । हत्या  हुनेमा स्थानीय बलु भनिने बसन्त पौडेल रहेका छन् ।

अज्ञात समूहले पौडेलमाथि गोली हानेको थियो । गाेली प्रहारबाट गम्भीर घाइते भएका पौडेलको लुम्बिनी अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हाे ।

मोटरसाइकलमा आएको अज्ञात समूहले पौडेललाई गोली हानेर  भागेको बताइएको छ । मृतक फर्निचर व्यवसायी हुन् ।

गोली प्रहारकाे घटनामा दुर्इजना संलग्न रहेकाे अनुमानमा प्रहरीले खाेजी कार्य तीव्र पारेकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री