सिटिजन्स बैंकका अध्यक्ष राजन सिंह भण्डारीद्वारा सपथ ग्रहण

काठमाडौं । सिटिजन्स बैंकका अध्यक्ष राजन सिंह भण्डारीले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालबाट पद तथा गोपनियताको सपथ लिएका छन् । बैंकको स्थापना कालदेखि पौष २०७५ सम्म प्रमुख कार्यकारी अधिकृतको रूपमा सफल कार्यकाल पुरा गर्नु भएका भण्डारीले आगामी ४ बर्षको कार्यकालका लागि आजैबाट पदभार ग्रहण गरेका हुन् ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०७५।७६ मा रु. ७४ अर्ब १३ करोड निक्षेप संकलन गरेको छ भने रु. ६५ अर्ब ७ करोड ऋण प्रवाह गरेको छ । यस बैंकले सोहि अवधि भित्र रु १ अर्ब ४६ करोड खुद मुनाफा आर्जन गरेको छ ।

बैंकले नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त संस्था श्री सहयोगी विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरि अन्य प्रक्रियागत कार्यहरु अगाडि बढिरहेको जनाएको छ । संघीयतालाई दह्रो  र सहज बनाउन भूमिका निर्वाह गरेको बैंकले निकट भविष्यमा सातै प्रदेशमा थप १३ वटा शाखाहरु बिस्तार गर्ने योजना अगाडी सारेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री