चितवन । जङ्गली हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा माडी नगरपालिका–१ दौपतीकी ६२ वर्षीया कौसीमाया तामाङ रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घर नजिकै बाटोमा हिँडिरहेको बेलामा हात्तीले आक्रमण गरेको थियो । आक्रमणबाट तामाङको घटनास्थलमै ज्यान गएको हो । मृतक तामाङको शव परीक्षणका लागि भरतपुर ल्याइँदै छ।
तपाईंको प्रतिकृया




