एक अर्वको “सनराइज म्युचुअल फण्ड” निष्काशन हुँदै

काठमाडाैँ । १ अर्बको सनराइज म्युचुअल फण्ड निष्कासन हुने भएको छ। सनराइज क्यापिटलले व्यवस्थापन गर्नेगरी १० वर्षका लागि उक्त योजना निष्कासन हुने भएको हो। यसमा १० रुपैयाँ अकिंत दरको १० करोड इकाइमा १५ प्रतिशत कोष पर्बर्द्धक सनराइज बैंक लिमिटेडका लागि सुरक्षित हुने छ।

त्यसबाट बाँकी ८५ प्रतिशत सर्वसाधारणका लागि खुला हुने छ। ‍यो योजनाको सुपरीवेक्षण पूर्व गृहसचिव चण्डी प्रसाद श्रेष्ठ, पूर्व डेपुटी गभर्नर कृष्ण बहादुर मानन्धर, नेपाल टेलिकमका पूर्व प्रबन्ध संचालक बुद्घि प्रसाद आचार्य, वरिष्ठ न्यायधिवक्ता पूर्ण मान शाक्य तथा चार्टड एकाउन्टेण्ट सुधिरकुमार शर्माले गर्ने छन्।

फण्डको प्रक्षेपित औषत वार्षिक प्रतिफल २४.२९ प्रतिशत र औषत वार्षिक लाभांश १४ प्रतिशत रहेको छ । असोज ८ गते देखि अन्तिम कात्तिक ७ सम्म यसका लागि आवेदन खुला हुने छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल बैंकले ल्यायो उत्कृष्ट कर्जा योजना

काठमाडौँ । नेपाल बैंक लिमिटेडले सर्वाधिक न्युन ब्याजदर ७.७० मा ‘ने.बै.लि. सर्वसुलभ आवास कर्जा’ ल्याएको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds