केकी अधिकारीसहितका कलाकार सवार गाडी दुर्घटना

रौतहटको कटहरिया १ मा बा २० च ५४१० नम्बरको स्कोर्पियो गाडी दुर्घटनामा नायिका केकी अधिकारी लगायत कलाकार घाइते भएका छन् । उक्त गाडी बिहान ४ बजे सडकबाट ६ फिट तल खसेर दुर्घटना भएको वताइएकाे छ ।

साे गाडीमा फिल्म निर्देशक पुर्नेन्दु झा, नायिका केकी अधिकारी, नेपाली मोडेल रचना शिवाकोटी, छायाकार आलोक सुक्ला, कलाकार विजय यादव निर्बिज, चालक सुजन पोखरेल लगायतका कलाकर्मी रहेका थिए । दुर्घटनामा कलाकारहरुलाई सामान्य चोटपटक  छ। उनीहरु ‘घुङटामे कबले तु रहबु अधिकार अपन माङ हे बहुरिया’ लगायत ४ वटा बजिक्का भाषाका सचेतना गीतको छायाँकनका लागि त्यहाँ गएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री