संविधान दिवस : चिडियाखाना प्रवेशमा विशेष छुट

ललितपुर । संविधान दिवसको अवसरमा सदर चिडियाखानाले प्रवेश शुल्कमा विशेष छुट दिएको छ । बिहीबार, शुक्रबार र शनिबार तीन दिनका लागि ५० रुपैयाँ मात्रै प्रवेश शुल्क तोकिएको चिडियाखानाले जनाएको छ ।

चिडियाखानाका अनुसार बालबालिकाले भने निःशुल्क अवलोकन गर्न पाउने छन् । अरु बेला चिडियाखाना प्रवेशको लागि १ सय ५० रुपैयाँ तिनुपर्छ । विक्रम संवत १९८९ सालमा स्थापना भएको चिडियाखाना पछिल्लो २३ वर्षदेखि राष्ट्रिय प्रकृति संरक्षण कोषले व्यवस्थापन गरिरहेको छ ।

राणाकालीन समयमा स्थापना भएको चिडियाखानामा अहिले १ सय २४ प्रजातीका ८ सय ३७ जनावर राखिएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री