पहिलो खेलमै लिभरपुल नापोलीसँग पराजित

साविक विजेता लिभरपुल च्याम्पियन्स लिगको पहिलो खेलमै इटालियन क्लब नापोलीसँग २–० गोल अन्तरले पराजित भएको छ । नापोलीको घरेलु मैदानमा अन्तिम १० मिनेट सम्हालिन नसक्दा लिभरपुलले हार ब्यहाेर्‍यो । उसले अन्तिम ८ मिनेटमा २ गोल खान पुग्याे ।

लिभरपुललाई स्तब्ध बनाउन नापाेलीका लागि मार्टिनेज र लोरेन्टीले समान एक–एक गोल गरे । पहिलाे हाफ गाेलरहित बराबरी भएकाे खेलकाे ८२ औ मिनेटमा मार्टिन्सले गोल गर्दै नापोलीलाई अग्रता दिलाएका थिए ।

त्यसपछि इन्जुुरी समयमा लोरेन्टीले गोल गर्दै घरेलु टोलीको जित सुनिश्चित गरेका थिए । सन् १९९४ मा एसी मिलानसँग पराजित भएपछि पहिलो पटक लिभरपुल च्याम्पियन्स लिगको पहिलो खेलमा नै पराजित भएकाे हाे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस