नेपाल विद्युत् प्राधिकरण : चार वर्षमा आम्दानी दोब्बर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको चार वर्षको अवधिमा आम्दानी दोब्बर भएको छ । विद्युत् चुवाहट नियन्त्रण, ग्राहक विस्तार र विद्युत् खपत बढाएर आम्दानी वृद्धि भएको हो । प्राधिकरणले आर्थिक वर्ष ०७५-७६ मा ७३ अर्ब ४६ करोड रुपैयाँ आम्दानी गरेको छ। प्राधिकरणको आर्थिक वर्ष ०७२-७३ माकुल आम्दानी ३५ अर्ब सात करोड रुपैयाँ रहेको थियो।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार चार वर्षको अवधिमा आम्दानी दोब्बर भएको छ । कार्यकारी निर्देशक घिसिङ विगतको तुलनामा अहिले ग्राहक संख्या पनि बढेको बताउँछन् ।

नियमित विद्युत् आपूर्ति हुन थालेपछि खपत बढेर करिब दुई सय ४५ युनिट पुगेको छ। प्राधिकरणले विद्युत् चुहावट नियन्त्रण, कुशल व्यवस्थापन र चुस्त–दुरुस्त प्रशासन संयन्त्रकै कारणले चार वर्षमा आम्दानी दोब्बर पार्न सकेको जनाएको छ। प्राधिकरणका अनुसार तीन वर्षअघि २५.७८ प्रतिशत विद्युत चुहावट हुन्थ्यो। अहिले चुहावट १५.३२ प्रतिशत छ। प्राधिकरणले तीन वर्षको अवधिमा १०.४६ प्रतिशत बिन्दुले चुहावट नियन्त्रण गरेको छ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय

काठमाडौं । सरकारले एक सय रुपैयाँ दरको नोटको डिजाइन परिवर्तन गर्ने निर्णय गरेको छ । …

प्रतिकृया दिनुहॊस