इङ्गलिश प्रिमियर लिग : वाट्फोर्ड र आर्सनलले खेले बराबरी, बर्नमाउथद्वारा एभर्टन पराजित

काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलमा आर्सनललाई वाट्फोर्डले २–२ गोलको बराबरीमा रोकेको छ । गएराति वाट्फोर्डको मैदानमा लिएको २ गोलको अग्रता जोगाउन नसक्दा आर्सनलले अंक बाँडेको हो ।

खेलमा आर्सनलका पिएरे एमरिक औबामायङ्गले लगातार दुई गोल गरेपछि ३२ औं मिनेटमै आर्सनलले २–० को अग्रता लियो । तर दोस्रो हाफमा टम क्लेभर्ली र रोबर्टो परेराले एक एक गोल गर्दै वाट्फोर्डलाई बराबरीमा ल्याए ।

यो बराबरीपछि आर्सनलले प्रिमियर लिगको शीर्ष तीनमा उक्लने अवसर गुमाएको छ । प्रिमियर लिग फुटबलकै अर्को खेलमा बर्नमाउथले एभर्टनलाई ३–१ ले पराजित गरेको छ ।

गएरातिका खेलहरुपछि प्रिमियर लिग फुटबलको अंक तालिकामा पाँच खेलबाट १५ अंक जोडेको लिभरपूल शीर्ष स्थानमा कायमै छ । दोस्रो स्थानको साविक विजेता म्यान्चेष्टर सिटीको १० अंक छ । टोटनह्याम हट्सपर, म्यान्चेष्टर युनाइटेड, लेस्टर सिटी, चेल्सी र आर्सनलको भने समान ८–८ अंक छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालको लगातार तेस्रो हार, वेस्ट इन्डिजलाई एक खेल अगावै सिरिज उपाधि

काठमाडौँ । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा पराजित भएको छ । विहिबार …

प्रतिकृया दिनुहॊस