सिटिजन्स बैंकको आरटिजीएस प्रणाली संचालनमा

काठमाडौं । सिटिजन्स बैंकले रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली (आरटीजीएस) सुविधा संचालन गरेको छ ।

सिटिजन्स बैंक र नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागबीच आरटिजीएस प्रणाली संचालन सम्बन्धि सम्झौता भएको थियो ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्र र बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

राष्ट्र बैंकले “क”वर्गका बैंकहरुलाई भदौ २४ गते मंगलबारदेखि आरटीजीएस प्रणाली लागू गर्न निर्देशन दिएको थियो । बैंकले उक्त प्रणाली संचालनमा ल्याएको हो, सो प्रणाली संचालनमा ल्याउने पहिलो बाणिज्य बैंकको रूपमा सिटिजन्स बैंक रहेको छ ।

 

यससँगै अब बैंकका ग्राहकहरुले नियमअनुसार आरटिजीएस सुविधा उपभोग गर्न सक्नेछन् । बैंकका ग्राहकले आवश्यकता अनुसार नेपाल राष्ट्र बैंकद्धारा सञ्चालित आरटीजीएस प्रणाली मार्फत एउटा बैंकबाट अर्को बैंकमा भुक्तानी कारोबार फछ्र्यौट गर्न सक्नेछन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

कृषि प्रवर्द्धन गर्न नबिल बैंक र मुक्तिनाथ कृषि कम्पनीबीच समझदारी

काठमाडौं । नबिल बैंक र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले कृषि प्रवर्द्धन गर्न समझदारी गरेका छन् …

प्रतिकृया दिनुहॊस