सुन्तला बोकेको बोलेरो दुर्घटना हुँदा १को मृत्यु ,चार घाईते

उदयपुर ।  उदयपुरको रौतामाई गाँउपालिका– ४ सल्लेबाट सुन्तला बोकेर गाईघाट आउँदै गरेको बोलेरो दुर्घटना हुदाँ  १ जनाको मृत्यु भएको छ भने ४ जना  गम्भिर घाईते भएका छन । स १ च १२२८ नम्बरको बोलेरो गाईघाट सल्ले सडकको जितेनी पाखामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

मृत्य हुनेमा त्रियुगा नगरपालिका– १० बोक्सेका  ५० वर्षिय कमलबहादुर मगर  छन् ।  गम्भिर घाईते हुनेमा बोलेरो चालक रौतामाई गाँउपालिका– ४ सल्लेका ३५ वर्षिय रत्नबहादुर राई, रौतामाई गाँउपालिका– ४ भदौरेका ४५ वर्षिय भक्तबहादुर मगराती सार्की, रौतामाई गाँउपालिका– ४ निगालेका ४० वर्षिय निर्मला राई रहेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री