बाढीले बगायो रामेछाप र ओखलढुङ्गा जोड्ने झोलुङ्गे पुल

रामेछाप । गएरातिको अविरल वर्षासँगै आएको बाढीले रामेछाप र ओखलढुङ्गा जोड्ने झोलुङ्गे पुल बगाएको छ । विगत केही महिनादेखि नै जोखिमपूर्ण अवस्थामा रहेको लिखु नदीस्थित झोलुङ्गे पुल बाढीले बगाएपछि ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका–१ र रामेछापको उमाकुण्ड गाउँपालिका–७ का स्थानीयहरु समस्यामा परेका हुन् ।

बाढीले पुल बगाउँदा सर्वसाधारणले दुई घण्टाको बाटो पैदल हिँडेर बिमिरे पुलसम्म पुग्नुपर्ने बाध्यता भएको उमाकुण्ड गाउँपालिका–७ भुजीका वडाध्यक्ष रुद्रमणी नेवारले जानकारी दिए ।

पुल बगाएपछि दैनिक यात्रा गर्ने सर्वसाधारणलाई समस्या भएको बताइएको छ । वर्षाको समय भएकाले तत्काल समस्याको समाधान गर्न सम्भव नरहेको वडाध्यक्ष नेवारले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिरासत छल्ने प्रवृत्ति रोक्न गृह मन्त्रालयको तीन बुँदे निर्देशन

काठमाडौं । हिरासत छल्ने प्रवृत्ति रोक्न गृह मन्त्रालयले तीन बुँदे निर्देशन दिएको छ । अनुसन्धान …

प्रतिकृया दिनुहॊस