एटीएमबाट पैसा चोरी प्रकरणको अध्ययन गर्न विदेशी टोली काठमाडौंमा

काठमाडौं । एटीएम प्रणाली ह्याक गरेर विभिन्न बैंकबाट रकम चोरीको घटना अध्ययन गर्न विदेशी विज्ञको टोली नेपाल आएको छ ।

फरेन्सिक भनिने उक्त टोली सिंगापुरबाट बुधबार राति नेपाल आएको हो । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स)को आग्रहमा उक्त टोली नेपाल आएको हो । टोलीले बिहीबारदेखि नै काम थाल्ने नेप्सका प्रमुख कार्यकारी अधिकृत प्रवीणप्रकाश क्षेत्रीले बताए ।

यो टोलीले एटीएमबाट पैसा चोरीका घटनामा कहाँ, कस्तो र कुन स्तरको कमी कमजोरी भएको छ, पत्ता लगाउने छ । त्यही प्रतिवेदनका आधारमा थप प्रक्रिया बढाइने नेप्सका प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले बताए ।

उक्त घटनाको अध्ययन गर्न विद्युतीय सेवा प्रदायक कम्पनी ‘भिसा’बाट पनि टोली नेपाल आउने भएको छ । टोली बिहीबार नेपाल आउने भएको हो । –कान्तिपुर दैनिकबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

असई हत्या प्रकरणमा संलग्न लोसपाका सांसद शर्मा निलम्बित

काठमाडौँ । लोसपाका सांसद अभिराम शर्मा निलम्बन भएका छन् । शुक्रवार मधेश प्रदेशका सभामुख रामचन्द्र …

प्रतिकृया दिनुहॊस