सुनको मूल्य हजार रुपैयाँ घट्यो

काठमाडाैँ । पछिल्लो समय सुनको मूल्य देखिएको उतारचढाव जारी छ। बिहीबार अहिलेसम्मकै बढी प्रतितोला ७३  हजार ४ सय पुगेको सुनको मूल्य शुक्रबार घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य शुक्रबारको लागि प्रतितोला ७२ हजार ४ सय रुपैयाँ निर्धारण गरेको छ। यस्तै प्रतितोला तेजावी सुनको मूल्य ७२ हजार १ सय कायम भएको छ।

चाँदीको मूल्य पनि घटोको छ। शुक्रबार प्रतितोला चाँदीको मूल्य ८ सय ८५ भएको छ। यो हिजोको तुलनामा १० रुपैयाँ कम हो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री