राष्ट्रसंघीय महासभामा प्रधानमन्त्री नजाने

काठमाडौँ । राष्ट्रसंघीय ७४ औं महासभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सट्टा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गर्ने भएका छन् । तीन सातापछि न्युयोर्कमा सुरु हुने उक्त बैठकमा प्रधानमन्त्री नजाने टुंगो भएको परराष्ट्र सचिव शंकर बैरागीले बताए ।

प्रधानमन्त्री ओली हाल स्वास्थ्योपचारका क्रममा सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटलमा छन् । अझै एक सातासम्म उपचारका क्रममा देशबाहिर रहने र त्यसपछि तत्कालै शारीरिक सक्रियता देखाउन मुस्किल पर्ने भएकाले महासभामा उनी सहभागी नहुने निर्णय भएको हो ।

यसबारे परराष्ट्र मन्त्रालयले न्युयोर्कस्थित राष्ट्रसंघीय स्थायी नियोगलाई जानकारी गराइसकेको छ । भदौ ३१ देखि सुरु हुने बैठकमा असोज ७ देखि मात्रै उच्चस्तरीय बैठक सुरु हुनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री