संघीय सरकारमै सात हजार कर्मचारी अभाव

काठमाडौं । केन्द्रीय सरकारका विभिन्न मन्त्रालय तथा निकायमा लामो समयदेखि झन्डै सात हजार कर्मचारीको दरबन्दी रिक्त रहेको छ। केन्द्रीय सरकारमै त्यति धेरै कर्मचारी अभाव हुँदा पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पदपूर्ति प्रक्रिया भने थाल्न सकेको छैन।

कर्मचारी अभाव हुँदा नीति निर्माण तहदेखि सेवा प्रवाहसम्म समेत गम्भीर समस्या परिरहेको अधिकारीहरुले बताएको समाचार राजधानी दैनिकमा छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार हाल केन्द्रीय सरकारमा खरिदारदेखि सहसचिवसम्मका विभिन्न सोव समूहमा गरी सात हजार पद रिक्त रहेका हुन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप