दशैंमा खसीबोकाको मूल्य महँगिने

काठमाडौं । सरकारले खसीबोकाको आयातमा रोक लगाएसँगै बजारमा मूल्य आकासिएको छ। यससँगै नजिकिँदो दशैंमा महँगी बढ्ने देखिएको छ। पशु बधशाला तथा मासु जाँच ऐनलाई कडाइका साथ कार्यान्वयन गरी मापदण्ड नपुगेका खसीबोकाको आयात बन्द गरेपछि त्यसको प्रत्यक्ष असर स्थानीय बजारमा पर्न गएको हो।

आयातमा रोक लगाएसँगै पछिल्लो एक महिनामा जिउँदो खसीको मूल्य प्रतिकिलो २०० रुपैयाँ बढेको छ। प्रतिकिलो ५०० रुपैयाँ रहेको जिउँदो खसीको मूल्य बढेर ७०० रुपैयाँसम्म पुगेको समाचार कारोबार दैनिकमा छ। स्वदेशमा पर्याप्त खसीबोका नपाउँदा आयात नियन्त्रणले बजारमा अस्वाभाविक रूपमा मूल्य बढेको छ र यसको असर आम उपभोक्तामा पर्न गएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि

काठमाडौँ । यो साता कारोबारको लगातार दोस्रो दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा …

प्रतिकृया दिनुहॊस