सेञ्चुरी बैंकको ‘प्रीमियम पेरोल म्यानेजमेन्ट खाता’

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले ‘प्रीमियम पेरोल म्यानेजमेन्ट खाता’सञ्चालनमा ल्याएको छ । बैंकले कर्मचारीहरुलाई लक्षित गरेर रु.१,०००/ मा बचत खाता खोल्ने गरी खाता सञ्चालनमा ल्याएको हो । उक्त खातामा वार्षिक ६.५% का दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी  बैंकले दिने जनाएको छ ।

त्यसैगरी, ग्राहकहरुले ७ लाख रुपैयाँ बराबरको आकस्मिक दुर्घटना बीमा ,रु. १ लाख रुपैयाँसम्मको अस्पतालमा बसेको खर्च बापतको बीमा , लकर सुविधा, क्रेडिट कार्डको वार्षिक शुल्क, ब्यालेन्स सर्टिफिकेट र गुड फर पेमेन्टमा ५०% छुटको सुविधा पाउने छन् ।

साथै निस्शुल्क एसएमएस्, मोबाइल र ई–बैंकिङ्ग, एबीबीएस सेवा, डेबिट कार्ड तथा निस्शुल्क क्रेडिट कार्डको आबद्ध शुल्कको सुविधा  रहेको बैंकले  जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री