चितवन । जिल्ला प्रशासन कार्यालय, चितवनले भरतपुरको चौबीसकोठीदेखि मालपोतचोकसम्म निषेधित क्षेत्र घोषणा गरेको छ । दिनहुँ प्रर्दशन र नारावाजी हुन थालेपछि प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको हो ।
दिनहुँको नाराबाजी र प्रदर्शन रोक्न जिल्ला प्रशासन कार्यालय चितवनले सोमबारदेखि निषेधित क्षेत्र नै घोषणा गरेको छ । भरतपुरको चौबीसकोठीदेखि मालपोतचोकसम्म निषेधित क्षेत्र घोषणा गरिएको छ ।
निषेधित क्षेत्र घोषणा गरिएको क्षेत्रमा अदालत, अस्पताल, सरकारी कार्यालयलगायत छन् । निषेधित क्षेत्र घोषणासँगै सुरक्षा व्यवस्था समेत कडा पारिएको छ ।
निषेधित क्षेत्र घोषणा गर्न र अनुसन्धानलाई प्रभावकारी बनाउन स्थानीय राजनीतिक नेतृत्व समेत सहमत भएका छन् । रवि लामिछोनसहित तीन जनालाई पत्रकार पुडासैनी आत्महत्या प्रकरणमा अनुसन्धानका लागि हिरासतमा लिइएको छ ।
तपाईंको प्रतिकृया




