स्पेनिस ला लिगा : बार्सिलोनाकाे खराब सुरुवात

स्पेनिस ला लिगा फुटबलमा डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले २०१९-२० काे सिजनमा खराब सुरुवात गरेको छ ।

शनिबार बिहान भएको खेलमा बार्सिलोना एथ्लेटिको बिलबाओसँग १–० गोलको अन्तरले पराजित भयो । लियोनल मेस्सीबिनै मैदान उत्रिएको बार्सिलोनाले खेलको अन्तिम समयमा गोल खान पुगेको थियो ।

यसैगरी लुइस स्वारेज पनि पहिलो हाफमै रिप्लेस भएका थिए । ८८ औं मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका अरित्ज अडुरिजले बिल्बाओका लागि गोल गरेका थिए । ८९ औं मिनेटमा उनले गरेको गोल नै ला लिगाको पहिलो खेलमा विलबाओलाई स्पष्ट तीन अंक दिलाउन पर्याप्त बन्यो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालको लगातार तेस्रो हार, वेस्ट इन्डिजलाई एक खेल अगावै सिरिज उपाधि

काठमाडौँ । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा पराजित भएको छ । विहिबार …

प्रतिकृया दिनुहॊस