नेकपा प्रमुख सचेतक ढकालको घरमा ३ वटा बम प्रहार

बुटवल । बुटवल  नेकपाका पाँच नम्वर प्रदेशसभा प्रमुख सचेतक  भुमीश्वर ढकालको घरमा बम प्रहर भएको छ । रुपन्देहीको सैनामैना–७ मा रहेको ढकालको घरमा मध्यरातमा ३ वटा पेट्रोल बम प्रहार भएको प्रहरीले जनाएको छ ।

ढकाल सुत्ने कोठा , बावाआमा सुत्ने कोठा  र ढकालको गाडी लु१ ज ४५६ नम्बरको गाडीमा लक्षित गरी बम प्रहार भएको छ । वम कसले प्रहार गरेको भन्ने बिषयमा अझै खुल्न नसकेको रुपन्देहीका प्रहरी प्रमुख हृदय थापाले बताए ।

सचेतक ढकाल चार देखी बिरामी भएको कारणले काठमाडौ मेडिसिटी अस्पताल उपचारत रहेका छन् ।उनले आफु उपचारको लागि काठमाडौँ रहेको बेला राती दुई बजेतिर घरमा बम प्रहार भएको जानकारी पाएको बताए ।  घटनापछि ईलाका प्रहरी सैनामैना प्रहरी निरिक्षक नेतृत्वमा  घटना स्थलमा पुगेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फोहोरबाट रोजगारी सिर्जना गर्न कोरियाद्वारा नेपाललाई ९८ लाख अमेरिकी डलर सहयोग

काठमाडौं । दक्षिण कोरियाले फोहोर मैला व्यवस्थापनबाट हरित रोजगारी सिर्जना गर्न ९८ लाख अमेरिकी डलर …

प्रतिकृया दिनुहॊस