काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको भाउ बढाएसँगै आन्तरिक उडानमा सञ्चालित हवाई भाडा वृद्धि भएको छ । वायुसेवा सञ्चालक संघ–नेपालले मंगलबार देखि लागू हुनेगरी हवाई भाडा बढाएको छ ।निगमले गत शुक्रबार हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ बढाएको थियो । हवाई इन्धनको भाउ बढे पछि त्यसको असर आन्तरिक उडानको हवाई भाडामा परेको हो ।
काठमाडौंबाट सबैभन्दा नजिकको गन्तव्य सिमराका लागि ४५ रुपैयाँ भाडा बढेको छ भने सबैभन्दा लामो दुरीको गन्तव्य धनगढीको भाडामा दुई सय २० रुपैयाँ वृद्धि भएको छ । सिमरा जाने यात्रुले प्रति टिकटको मूल्य तीन हजार पचास रुपैयाँ खर्च गर्नुपर्ने छ भने धनगढी जान १२ हजार तीन सय २० रुपैयाँ तिर्न पर्नेहुन्छ। यस अघि सिमराको भाडा तीन हजार पाँच रुपैयाँ र धनगढीको भाडा १२ हजार एक सय रुपैयाँ थियो।
तपाईंको प्रतिकृया




