सनराइज बैंकले १२० औँ शाखा पोखराको बुढीबजारमा

काठमाडौँ । सनराइज बैंकले पोखराको बुढीबजारमा १२० औँ शाखा संचालनमा ल्याएको छ ।

सोमबार आयोजित औपचारिक कार्यक्रमा पोखरा महानगरपालिका मेयर मानबहादुर जिसी र सनराइज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले संयुक्त रmपमा शाखा कार्यालय तथा एटीएमको उद्घाटन गरेका हुन् ।

हालसम्म सन्राइज बैंकले १२० वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ६ वटा एक्सटेन्सन काउण्टर र १३८वटा एटीएम मार्फत ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस सिजन-७ च्याम्पियन

काठमाडौँ । माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधि जित्न सफल भएको छ …

प्रतिकृया दिनुहॊस