सनराइज बैंकको नयाँ २ शाखा र १ एक्टेन्सन काउण्टर बिस्तार

काठमाडौँ । सनराइज बैंकले नयाँ २ शाखा र १ एक्टेन्सन काउण्टर बिस्तार गरेको छ । तम्घासमा ११८ औँ, कुश्मामा ११९ औं शाखा तथा सानागाउँमा छैठौं एक्सटेन्सन काउण्टर संचालनमा ल्याएको हो ।

आइतबार आयोजित औपचारिक कार्यक्रममा पर्वत स्थित कुश्मामा कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशी र सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरे ।

सोही कार्याक्रममा पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे र सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत पौड्यालले संयुक्त रmपमा एटीएमको उद्घाटन गरे ।

यता, गुल्मी स्थित तम्घासमा रेशुङ्घा नगरपालिकाका नगर प्रमुख डिल्लीराज भुषाल र धुर्कोट गाउँपालिकाका अध्यथ भुपाल पोखरेलले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरे ।

यसैगरी आइताबार नै ललितपुर महानगरपालिका स्थित सानागाउँमा महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ र सहायक महाप्रबन्धक सर्वेन्द्र मिश्रले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मुक्तिनाथ विकास बैंकद्वारा ग्रीण हाइड्रोजन इन्धनको अनुसन्धानका लागि काठमाडौं विश्वविधालय सँग सहकार्य

काठमाडौं । मुक्तिनाथ विकास बैंकले दिगो विकासमा टेवा पुग्ने उद्देश्यले ग्रीण हाइड्रोजन इन्धनको अनुसन्धानका लागि …

प्रतिकृया दिनुहॊस