भक्तपुरमा एकैचोटि चार वटा बस ठोकिदा, १६ जना घाइते

भक्तपुर । भक्तपुरमा आइतबार विहान एकैचोटि चार वटा बस ठोकिदा, १६ जना घाइते भएका छन् । काठमाडौंबाट सिन्धुली जाँदै गरेको बा४ख ५७९४ नम्बरको  बस अनियन्त्रित भई बा३ख ७०९३, बा५ख ४०२९ र ना६ख ७१२५ नम्बरको बसलाई ठक्कर दिएको हो।

ठक्कर दिँदा तीन वटै बसका यात्रुहरू  घाइते भएका छन्। घाइते भएका १३ जनालाई उपचारका लागि नागरिक अस्पताल र ३ जनालाई मध्यपुर अस्पतालमा लगिएको प्रहरीले जनाएको छ। ठक्कर दिने बस चालक  दीपकराज ठकुरीलाई प्रहरीले  पक्राउ गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप