काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्स र खल्ती डिजिटल वालेबीच डिजिटल माध्यममार्फत बीमा शुल्क भुक्तानी सुविधा उपलब्ध गराउने सम्झौता भएको छ ।
सम्झौतापछि रिलायन्स लाईफ इन्स्योरेन्सका ग्राहकले आफ्नो मोबाईलमा रहेको खल्ती एप मार्फत सिधै बीमा शुल्क भुक्तानी गर्न सक्ने छन् ।
ग्राहकले आफ्नो बीमा शुल्क खल्ती वालेटमा भएको ब्यालेन्स अथवा इन्टरनेट बैंकिङ र मोबाईल बैंकिङ मार्फत सहजै बुझाउन सक्ने छन् । ‘खल्ती डिजिटल वालेट’ को मोबाईल एप खल्ती डटकमबाट डाउनलोड गर्न र बीमा शुल्क भुक्तानी गर्न सकिने जनाइएको छ ।
प्रतिकृया दिनुहॊस