रोट्याक्ट डिष्ट्रिक ३२९२ नेपाल भूटान अन्र्तगत जोन ११ को जोनल कट्स भब्यताका साथ् सम्पन्न

काठमाडौं ।  रोट्याक्ट डिष्ट्रिक ३२९२ नेपाल भूटान अन्र्तगत जोन ११ को क्लब अफिसर्स ट्रेनिगं सेमिनार बूटवल स्थित होटल एभिन्यूमा सम्पन्न भएको छ । जोन ११ का रोटरी बर्ष २०१९,२० का जेडआरआर रो प्रकाश शर्माको अदक्षतामा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा ३ वटा सेसनमा जोन ११ अन्र्तगत १२ वटा क्लबका सदस्यहरुलाइ तालिम तथा सिकाइ पद्धति दिएको थियो। सेशन अन्र्तगत प्रसिडेन्ट सेक्रेटरी , डाइरेक्टर तथा अन्य बोर्ड सदस्य तथा नया सदस्यहरुको लागि गरि छुट्टा छुट्टै  हलमा राखिएको थियो ।

सेसनमा रोट्याक्ट रोटरीका गतिबिधि लिडरसिप डेपलप्मेण्ट रिर्पोेटिगं लगायत रोट्याक्ट नेपाल अन्र्तगतको सम्पूर्ण पद्धतिहरुमा फोकस गरि ट्रेनिगं दिएको थियो प्रेसिडेन्ट सेक्रेटरी , तथा डाइरेक्टर हरुको शेशन रोट्याक्टर बन्दना अधिकारीले लिएकी थिइन भने नया सदस्य तथा डाइरेक्टरहरुको शेशन रोट्याक्टर प्रभाष रोय तथा नया सदस्यहरुको शेशन रोट्याक्टर मन्जु लोहनी लिएकी   थिइन ।

३ वटै शेसन लाइ धेरै समय दिएका डिष्ट्रिक्ट ३२९२ बर्ष २०१९,२० का डिआरआर इलेक्ट रोट्याक्टर संजिव पौडेलले रोट्याक्टरहरुले सिक्नुपर्ने कुराहरु धेरै रहेको र यस किसिमको जोनल कट्सले धेरै मात्रामा टेवा पूगेको बताएका थिए , टे्रनिगं शेसनमा बोल्दै पौडेलले जोन ११ रोट्याक्ट डिष्ट्रिक्टको एक मेरुदण्डको  रुपमा रहेको र जोनल कट्स भब्य रुपमा सफल भएकोमा शुभकामना समेत ब्यक्त गरेका थिए ।

यसैगरि जोन ११ का जेडआरआर प्रकाश शर्माले आफ्नो कार्यकालमा जोन ११ मा अत्यधिक मात्रामा नया रोट्याक्टरहरु उत्पादन गर्ने मुख्य लक्ष्य रहेकोले रोट्याक्टको गरिमा तथा महत्वलाइ बचाउन क्षमतावान नया रोट्याक्टरहरु वृद्धिले महत्वपूर्ण भूमिका खेल्ने भनाइ ब्यक्त गरे  ।

हाल जोन ११ अन्र्तगत १२ वटा रोट्याक्ट क्लबहरु रहेको छन । रोट्याक्ट क्लब अफ बूटवल रोट्याक्ट क्लब अफ भैरहवा ,रोट्याक्ट क्लब अफ तिनाउ सिटि, रोट्याक्ट क्लब अफ पाल्पा तानसेन, रोट्याक्ट क्लब अफ बूटवल डाउनटाउन, रोट्याक्ट क्लब अफ क्षितिज इन्टरनेशनल कलेज, रोट्याक्ट क्लब अफ सेन्ट्रल लूम्बिनि ,रोट्याक्ट क्लब अफ कपिलबस्तू, रोट्याक्ट क्लब अफ कपिलवस्तु मिडटाउन, रोट्याक्ट क्लब अफ तिलोक्तमा रुपन्देही, रोट्याक्ट क्लब अफ बूद्धभूमि ,रोट्याक्ट क्लब अफ धनगढी रहेका छन ।

हाल रोट्याक्ट डिष्ट्रिक्ट ३२९२ मा बर्ष १९,२० को डिआरआर का रुपमा रोट्याक्टर स्नेहा शाक्यले हाकि रहेकी छन । उनि रोट्याक्ट इतिहासमा नै पहिलो महिला डिआरआर समेत बनेकि छन र उनले आफनो कार्यकालमा सक्षमता र साझेदारी भन्ने डिआरआर थिम लिएर कार्य सम्पादन गरिरहेकी छन ।

हरेक ब्याक्ति परिवार संघ संस्थाहरु पहिले सक्षम हून आवश्यक रहेको तथा तत पश्चात अन्य संस्थाहरु प्रति साझेदारीता हूने हूनाले त्यसको लागि असल मार्ग रोट्याक्ट प्लेटफर्म रहेको बताएकि छन ।

यता जोन ११ भने रोट्याक्टर प्रकाश शर्माले हाकि रहेका छन उनि बर्ष २०१९,२० का लागि सर्वसम्मत रुपमा चयन भएका थिए । हाल रोट्याक्ट डिष्ट्रिक्ट ३२९२ नेपाल भूटान अन्र्तगत १३ वटा जोन र करिब १२६ माथि क्लब रहेका छन ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

मुक्तिनाथबाट फर्केको विद्यार्थी सवार बस दुर्घटना, २१ जना घाइते (नामसहित)

काठमाडौं । मुक्तिनाथ दर्शन गरेर फर्किँदै विद्यार्थी चढेको बस मंगलबार बिहान कागबेनी-मुक्तिनाथ सडक खण्डमा पर्ने …

प्रतिकृया दिनुहॊस