महिला संघ ७२ बर्षमा, स्थापना दिवश मनाईदै

काठमाडौँ । नेपाली कांग्रेसको भातृ संस्था नेपाल महिला संघको ७२ औँ स्थापना दिवश विभिन्न कार्यक्रम गरी मनाईदैछ । स्थापना दिवशका अवसरमा संघले ७७ वटै जिल्लामा प्रशिक्षण कार्यक्रम, अन्तक्रिया, बिचार गोष्ठी लगायत विभिन्न कार्यक्रमको आयोजना गरिएको संघकी अध्यक्ष उमा रेग्मीले जानकारी दिए ।

संघको केन्द्रीय कार्यालय धापासीमा पार्टीका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको प्रमुख आतिथ्यततामा विचार गोष्ठी कार्यक्रम गर्ने तय भएको अध्यक्ष रेग्मीले बताइन् । जुझारु महिला नेतृ मंगलादेवी सिंहको अगुवाइमा नेपाल महिला संघको स्थापना विक्रम संम्वत २००४ सालमा स्थापना भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप