ओम डेभलपमेन्ट बैंक र अशोक लेलैण्डबीच सम्झौता

काठमाडौँ । अशोक लेलैण्ड र ओम डेभलपमेन्ट बैंक लिमिटेडबिच सेवा सुविधा आदन प्रदान सम्बन्धी सम्झौता भएको छ । आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा।लि। द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र ओम डेभलपमेन्ट बैंक लिमिटेडबिच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको हो ।

उक्त, सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी र आईएमईमोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए। खानले हस्ताक्षर गरेका हुन् । सो सम्झौता अनुरुप आईएमई मोटर्सबाट सिफारिस पाएकाग्राहकहरुले सहज रुपमा ७० प्रतिशत सम्मको कर्जा सुविधा ओम डेभलपमेन्ट बैंक लिमिटेडबाट पाउने भएका छन् ।

कर्जा सुविधा मात्र नभई दुवै कम्पनीबिच संयुक्त रुममा सहकार्य गर्दै अगाडी बढ्ने पनि सहमति भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप