चिलिमे जलविद्युत् कम्पनीको नाफा ३० प्रतिशत घट्यो

काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको नाफा ३० प्रतिशत घटेको छ । चिलिमेले गत आर्थिक वर्षमा रु ७१ करोड ५७ लाख खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा रु ९२ करोड ८३ लाख खुदनाफा गरेको थियो । रोयल्टि खर्च बढेपछि नाफा घटेको चिलिमेले जनाएको छ ।

चिलिमेले अघिल्लो वर्षको तुलनामा गत वर्ष रु २१ करोड २५ लाख नाफा घटेकोआज सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । नाफा कम भएकाले सेयरधनीलाई दिने लाभांशमा पनि कम आउने देखिएको छ ।

कम्पनीको विद्युत बिक्री आम्दानी २.८१ प्रतिशत बढेर रु १ अर्ब १७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा रु १ अर्ब १३ करोड आम्दानी गरेको थियो । यस्तै ब्याज आम्दानी ७५.७० प्रतिशत बढेर रु १२ करोड पुगेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् …

प्रतिकृया दिनुहॊस