प्राइम बैंकको साधारण सभा सम्पन्न

काठमाडौं । विभिन्न बैंकर्स, उद्योगी, व्यवसायी, शिक्षाविद् एवम् व्यवसायिक व्यक्तित्वहरुद्वारा प्रवद्र्धित प्राइम कमर्सियल बैंकको विशेष साधारण सभा बुधबार सम्पन्न भएको छ ।

बिशेष साधारण सभाले कन्काई बिकास बैंकलाई प्राप्ती गर्ने बिशेष प्रस्ताव पारित गर्दै कन्काई विकास बैंक लि।को १०० कित्ता शेयर बराबर प्राइम कमर्सियल बैंक लिमिटेडको ७१।५ कित्ता स्वाप रेसियो कायम हुने प्रस्ताव बिशेष साधारण सभाले पारित गरेको छ ।

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक लिमिटेडलाई प्राप्ति पछि शाखा संख्या ९४ हुनेछ ।

बैंकले आगामी दिनहरुमा पनि बैंकको सेवा र शाखाहरुको सञ्जाल बिस्तार गर्दै सेयरधनीहरुलाई यथोचित र समय सापेक्ष प्रतिफल दिने निमित्त कार्यकारी अधिकृत सञ्जीव मानन्धरले जनाएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल बैंकले ल्यायो उत्कृष्ट कर्जा योजना

काठमाडौँ । नेपाल बैंक लिमिटेडले सर्वाधिक न्युन ब्याजदर ७.७० मा ‘ने.बै.लि. सर्वसुलभ आवास कर्जा’ ल्याएको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds