काठमाडौं । प्राइम कमर्शियल बैंकको निमित्त सिईओमा सन्जिव मानन्धर नियुक्त भएका छन् ।
राष्ट्र बैंकले लगाएको उमेर हदका कारण प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धर पदमुक्त भएपछि बैंक संचालक समितिको बैठकले सन्जिव मानन्धरलाई निमित्त सीईओमा नियुक्त गरेको हो । नव नियुक्त मानन्धर यसअघि प्राइम बैंकमै जनरल म्यानेजरको भूमिकामा रहेका थिए ।
प्रतिकृया दिनुहॊस