नेपाल स्टक एक्सचेञ्जसँग रसुवागढी र सान्जेनले गरे सम्झौता, अब दोस्राे बजारमा शेयर कारोबार गर्न पाउने

काठमाण्डाै ।  नेपाल स्टक एक्सचेन्ज लिमिटेडसँग रसुवागढी हाइड्रोपावर कम्पनी र सान्जेन जलविद्युत् कम्पनी लिमिटेडले शेयर सूचीकरण सम्झौता गरेका छन् ।  नयाँ सम्झौता भएसँगै रसुवागढी हाइड्रो पावर लिमिटेड र सान्जेन जलविद्युत् कम्पनीले मंगलबारदेखि नै दोस्राे बजारमा शेयर कारोबार गर्न भएका पाउने छन् ।

शेयर सूचीकरण सम्झौता पत्रमा स्टक एक्सचेन्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले र रसुवागढी हाइड्रोपावर कम्पनीका कार्यकारी अधिकृत विश्व मल्ल तथा सान्जेन जलविद्युत् कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्।

नेपाल स्टक एक्सचेन्ज र रसुवागढी हाइड्रोपावर कम्पनीबीच प्रति शेयर अधिक तथा चुक्ता मूल्य १ सय कायम भएको ६ करोड १५ लाख ७८ हजार ९ सय कित्ता शेयर सूचीकरणको सम्झौता भएको छ । त्यसैगरी सान्जेन जलविद्युत् कम्पनीको ३ करोढ २८ लाख ५० हजार कित्ता शेयर सूचीकरण सम्झौता भएको छ ।

रसुवागढीले १ सय ११ मेगावाटको रसुवागढी र सान्जेनले ५७ दशमलव ३ मेगावाटको सान्जेन र माथिल्लो सान्जेन निर्माण गरिरहेको छ ।रसुवागढीको सूचीकृत शेयरमध्ये सर्वसाधारणतर्फको १ करोड २ लाख ६३ हजार १ सय ५० र संस्थापक शेयरमा ३ करोड ४८ लाख ९४ हजार ७ सय १० कित्ता रहेको छ । कर्मचारी सञ्चयकोषमा रकम सञ्चित गर्ने सञ्चयकर्ता कर्मचारी, ऋणदाता संस्थाका कर्मचारी र संस्थापक संगठित संस्थाका कर्मचारीहरु समेत गरी १ करोड ६४ लाख २१ हजार ४० कित्ता शेयर पनि सूचीकृत भएको छ ।

त्यसैगरी सान्जेनको सर्वसाधरणतर्फको ५४ लाख ७५ हजार कित्ता शेयर, कम्पनीलाई ऋण दिने संस्थाको ३ लाख ६५ हजार , संस्थापक शेयरधनी संस्थाका कर्मचारीको १२ लाख ७७ हजार ५ सय , सञ्चयकोषमा रकम सञ्चित गर्ने सञ्चयकर्ता कर्मचारीको ७१ लाख १७ हजार ५ सय कित्ता शेयर सुचिकृत भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री