कुमारी बैंकले नाफा बढायो

काठमाडौँ ।  कुमारी बैंकले गत आर्थिक बर्ष २०७५/०७६ मा नाफा बढाएको छ । बैंकले अघिल्लो आर्थिक बर्षको तुलनामा २९ करोड २१ लाख रुपैयाँ बढीले नाफामा वृद्धि गरि गत आर्थिक बर्ष १ अर्ब ३३ करोड ४० लाख रुपैयाँ खुद मुनाफा गरेको हो ।

असार मसान्तसम्ममा बैंकले ७३ अर्ब २० करोड निक्षेप संकलन गरेर ७३ अर्ब १२ करोड कर्जा प्रवाह गरेको छ । एक वर्षमा बैंकले १४ अर्ब निक्षेप वृद्धि गरेकाे छ भने १३ अर्बले वृद्धि गरेकाे छ । विभिन्न क्षेत्रमा बैंकले ९ अर्ब १२ कराेड लगानी गरेकाे छ ।

बैंकले चुक्ता पुँजी ८ अर्ब ६८ करोड रुपैयाँ रहेको छ । विभिन्न काेषमा रहेकाे रकमसहित बैंककाे कुल पुँजी काेष ११ अर्ब ९२ कराेड रूपैयाँ छ । पुँजी काेष पर्याप्तता अनुपात १२.०७ प्रतिशत रहेकाे छ ।

साथै, बैंकको खराब कर्जामा पनि सुधारआएको छ ।अघिल्लाे असार मसान्तसम्ममा १.०१ प्रतिशत रहेकाे खराव कर्जा गत असार मसान्तमा ०.९७ प्रतिशतमा झरेकाे छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरूले बुद्ध एयरको टिकट खरिदमा …

प्रतिकृया दिनुहॊस