महानगरीय प्रहरी वृत्तलाई मुक्तिनाथ विकास बैंकद्वारा हरित गार्डेन हस्तान्तरण

काठमाडौं । मुक्तिनाथ विकास बैंकले काठमाडौं महानगरपालिका वडां नं १, महानगरीय प्रहरी वृत्त (सामुदायिक शाखा) कमलपोखरीको अगाडि सडक पेटी बाहेकको खालीचौंरमा बनाएको वातारण मैत्री हरित गार्डेन हस्तान्तरण गरेको छ ।

बैंकले १ हजार थान पकेट डायरी पनि महानगरीय प्रहरी वृत सामुदायिक शाखालाई हस्तान्तरण गरेको छ ।  गार्डेन तथा पकेट डायरी बैंकका सञ्चालक समितिका सदस्य नारायण कुमार श्रेष्ठ तथा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले काठमार्डौ महानगरपालिका वडा नं १ का अध्यक्ष भरतलाल श्रेष्ठ र महानगरीय प्रहरी वृत सामुदायिक शाखा, कमलपोखरीका प्रमुख प्रहरी नायव उपरीक्षक रवीन्द्रनाथ पौडेललाई संयुक्त रुपमा हस्तान्तरण गरेका छन् ।

सस्ंथागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कार्यक्रम गरिएको बैंकले जनाएको छ । बैंकले देशैभरी ११८ वटा शाखा, २२ वटा ए.टि.एम.मार्फत करिब सात लाख ग्राहकलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंकका ग्राहक तथा परिवारले बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट पाउने

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरूले बुद्ध एयरको टिकट खरिदमा …

प्रतिकृया दिनुहॊस