काठमाडौँ । कामना सेवा विकास बैंक र आइएमई पे बीच डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि दुइ कम्पनीविच सम्झौता भएको छ ।
बैंकले आईएमईको आईएमई पे डिजिटल वालेट सुविधासमेत प्रदान गर्ने गरी उक्त कम्पनीसँग सम्झौता गरी सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।
बैंकको मोबाइल बैंकिङ सेवा लिएका ग्राहकले आफ्नो खातामा भएको रकम मोबाइल बैंकिङमार्फत आईएमई पे डिजिटल वालेटमा फन्ड लोड गर्ने सुविधा प्रदान गरिएको भन्दै बैंकले आईएमई पे वालेटमार्फत ग्राहकले चन्द्रागिरि केवलकारको टिकटको भुक्तानी, विद्युत् महसुल भुक्तानी, खानेपानी महसुल भुक्तानी, मोबाइल टप अप गर्ने लगायत अन्य विभिन्न भुक्तानीहरूमा सहयोगी हुने जनाएको छ ।
प्रतिकृया दिनुहॊस