अछाम सरोकार मञ्च जापानको सक्रियतामा फरक क्षमता भएका बालकलाई सहयोग

काठमाडौं – अछाम सरोकार मञ्च जापानको सक्रियतामा अछामको चौरपाटीका फरक क्षमता भएका एक बालकलाई सहयोग गरिएको छ । मञ्चका पदाधिकारीले अभियान नै सञ्चालन गरी अछामको चौरपाटी गाउँपालिका -६ दुनिको लिगुलेसैन टोलका १५ वर्षीय फरक क्षमता भएका टेकबहादुर साउदलाई ५६ हजार सहयोग गरेको हो ।

हात-खुट्टा नचल्ने, बोल्न नसक्ने तर पढाइमा इच्छा देखाएका टेकबहादुर अभियान नै सञ्चालन गरी ५६ हजार रुपैयाँ सहयोथ गरेको अछाम सरोकार मञ्च जापानका संयोजक लोकेन्द्रजंग कुवँर ‘लोचन’ले जानकारी दिए । विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालबाट प्रस्तोता विद्या चापागाईले चलाउने ‘हेर्ने कथा’को १६ औं अंकमा ती बालकको अवस्था सार्वजनिक भएपछि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राखेर अभियान सुरु गरेको उनले बताए । जापानमा रहेका कृष्ण भण्डारी, प्रेम मल्ल, प्रतिष्ठा कठायत लगाएतले टेकबहादुरको पारिवारिक अवस्था र खुट्टाले लेख्ने कुरा थाहा पाएपछि सुदूरपश्चिमेली नेपाली समाजका केन्द्रिय सदस्य समेत संयोजक कुँवरको नेतृत्वमा आर्थिक सहयोग संकलन सुरु गरिएको थियो ।

टेकबहादुरको अवस्था थाहा पाउने बित्तिकै आफूहरुले आर्थिक सहयोग जुटाउन सुरु गरेको संयोजक कुँवरले बताए । ‘नेपालमा दुई महिना अगाडि पैसा पठाए पनि भौगोलिक विकटताका लगाएतका कारण टेकबहादुरलाई सहयोग रकम हस्तान्तरण गर्न केहि ढिलो भयो ।’ उनले भने- ‘यो भन्दा अगाडि पनि अप्ठ्यारोमा परेकालाई सहयोग गरेका छौं, अझै पनि गर्ने छौँ, हाम्रो अभियानमा साथ दिने सबैलाई धन्यवाद ।’

जापानबाट पठाइएको उक्त रकम जिल्ला समन्वय समितिका प्रमुख नरबहादुर कुँवर, उपप्रमुख टोपबहादुर रावल, दुनिका वडा अध्यक्ष मने साउदलगाएतको उपस्थितिमा हस्तान्तरण गरिएको थियो । खुट्टाले लेख्ने र फरक क्षमता भएको छोरालाई देशबिदेश सहयोग भैरहेको र सहयोग गरेको रकम बालकको उपचार र रेखदेखमा खर्च गर्ने उनका बुवा तुले साउदले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दुर्गा प्रसाईलाई भोलि मात्रै अदालत लगिने

काठमाडौं । साइबर अपराधको कसुरमा समातिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईको म्याद थप भोलि (बुधबार) हुने …

प्रतिकृया दिनुहॊस