कांग्रेस र राजपाद्वारा संसद बैठक अवरुद्ध

काठमाडौं ।   प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संसद बैठक अवरुद्ध गरेका छन् । सोमवार बसेको प्रतिनिधिसभाको  बैठक सुरु हुनासाथ दुबै दलका सांसदहरु उठेका थिए ।

सभामुखले कार्यसूची अगाडि बढाउने बताएपछि दुबै दलका सांसदहरुले रोष्टम घेराउ गरेका हुन् ।  विपक्षी सांसदहरुले संसदीय सर्वोच्चता कायम गर्न, सर्लाही घटनाको छानविन गर्न संसदीय समिति गठन गर्न माग गर्दै अवरोध गरेका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप