तेह्रथुम। शनिबार साँझ पौडी खेल्ने क्रममा एक बालकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुमको छथर गाउँपालिका ३ पन्चकन्याका गुमानसिंह वि.क.का १० वर्षीय छोरा बादल वि.क. छन् । वि.क आफ्नै घर नजिकै रहेको सार्वजनिक पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
तपाईंको प्रतिकृया




