महालक्ष्मी विकास बैंकको मेहेन्दी कार्यक्रम २०७६

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला ग्राहकलाई लक्ष्यित गर्दै मेहेन्दी कार्यक्रम २०७६, मिति २०७६ ।०४ ।०६ गते सोमबारबाट सञ्चालनमा ल्याएको छ ।

उक्त कार्यक्रम उपत्यका भित्र तथा बाहिर अवस्थित बैंकका विभिन्न शाखाहरुमार्फत यस श्रावण महिनाभरि नैे जारी रहनेछ ।

बैंकले सो कार्यक्रम राजधानी भित्रका बसुन्धारा, बानेश्वर, कुमारीपाटी, सातदोबाटो, दरबारमार्ग, नयाँबजार, झम्सिखेल, भाटभटेनी, सतुङ्गल, सुकेधारा, न्यूरोड शाखाहरुमा तथा राजधानी बाहिर धनगढी, हेटौडा, बीरगन्ज, भैरहवा, राजापुर, कमाने, लुम्बिनी, पोखरा, पालुङ, शाखाहरुमा पालैपालो महिनाभरि नैे संचालन गर्नेेछ ।
यस कार्यक्रममा इच्छुक महिला ग्राहकहरुले आफुलाई पायक पर्ने माथि उल्लेखित शाखामा गई निःशुल्क रुपमा आर्कषक मेहेन्दी लगाउन सक्नुहुनेछ ।

बैंकले श्रावण महिनाको अवसर पारी नेपाली नारीहरुलाई लक्षित गर्दै हिन्दु संस्कृतीको जर्गेना गर्ने प्रयास स्वरुप उक्त कार्यक्रम गरेको हो । बैंकले श्रावण ६ गते बानेश्वर शाखामा तथा श्रावण ८ गते दरबारमार्ग र न्यूरोड शाखामा मेहेन्दी कार्यक्रम सम्पन्न गरेको छ ।

पहिलो दिनमै मेहेन्दी लगाउन आउनुहुने महिला ग्राहकको सकारात्मक प्रतिकृया बटुलेको महालक्ष्मी विकास बैंकले श्रावण महिनाभरि नै विभिन्न शाखाहरु मार्फत सो कार्यक्रम सञ्चालनमा ल्याउने जनाएको छ ।

मिति २०७५÷०४÷१०

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री