काठमाडौं । ललितपुरको जावलाखेलस्थित तरकारी बजारमा सरकारले डोजर चलाएको छ । स्टाफ कलेज नजिक सडक किनारमा बनाइएका ५२ वटा टहराहरु डोजर लगाएर भत्काइएको हो । डोजर लगाउनुअघि जिल्ला प्रशासन कार्यालयले दिएको तीन दिनको समयभित्र पसलवालाले आफ्ना सबै सामान सारिसकेका थिए ।
सार्वजनिक जग्गा ओगटेर अव्यवस्थित तरिकाले पसलहरु खोलिएका कारण उक्त भत्काइयाेको हो । जिल्ला प्रशासनकै आदेशमा डोजर लगाएर ती टहरा भत्काइएको प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले बताए ।
ती टहराहरुबाट उठेको भाडा भने जावलाखेल युथ क्लबले चलाउने गरेको थियो । जोशीका अनुसार बजारमा पार्किङको व्यवस्था पनि नभएको, जथाभावि पार्किङ गर्दा ट्राफिक जाम हुने गरेको र सुरक्षाको वातावरण पनि नभएको गुनासो प्रशासनमा आउने गरेको थियो ।
तपाईंको प्रतिकृया




