काठमाडौं । कामना सेवा विकास बैंकले आइएमई पे डिजिटल वालेट सेवा सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार, अब बैंकको मोवाईल बैकिङ सेवा लिएका ग्राहकले आफ्नो खातामा भएको रकम मोवाईल बैकिङ मार्फत आईएमई पेए डिजिटल वालेटमा फण्ड लोड सक्छन् ।
आइएमई पे वालेट मार्फत ग्राहकले चन्द्रागिरी केवलकारको टिकटको भुक्तानी, बिद्युत महसुल भुक्तानी, खानेपानी महसुल भुक्तानी, मोबाइल टप–अप गर्ने लगायतका भुक्तानीहरुमा सहयोगी हुने बैंकले जनाएको छ ।
बैंकले देशका विभिन्न भागहरुमा ९७ वटाखा तथा ४५ वटा एटिएम मार्फत ग्राहकहरुलाई सेवाहरु प्रदान गर्दै आएको छ ।साथै बैंकले एबीबीएस, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, सी–एसबीए लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको छ ।
प्रतिकृया दिनुहॊस