पूर्वमन्त्री सिंहको निधन

लहान । पूर्वमन्त्री चतुर्भुजप्रसाद सिंहको निधन भएको छ। सप्तरीको राजविराज नगरपालिका निवासी उनको शुक्रबार बिहान ६ बजे आफ्नै निवासमा निधन भएको हो।

विसं १९८९ असोजमा जन्मिएका उच्च रक्तचापबाट पीडित  ८७ वर्षीय सिंह विसं २०१९ देखि २०४६ सम्म पटक–पटक सूचना तथा सञ्चार, भौतिक योजना तथा यातायात र उद्योग तथा वाणिज्यमन्त्री भएका थिए।

मुलुकमा प्रजातन्त्र स्थापना भएपछि पूर्वमन्त्री सिंहले सक्रिय राजनीति छोडेर समान्य जीवन बिताइरहेका थिए। सिंहका दुई छोरा र छोरी छन्। उनका जेठो डा रमणप्रसाद सिंह चिकित्सक  र कान्छो छोरा सुमनप्रसाद प्राध्यापक छन्। स्व सिंहको आजै हिन्दू परम्पराअनुसार अन्तिम संस्कार गरिने परिवारजनले बताएका छन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दाउन्नेमा फेरि पहिरो खस्दा यातायात ठप्प, नयाँ ट्र्याक खन्न थालियो

काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्नेमा पहिरो खस्दा फेरि यातायात ठप्प भएको छ । …

प्रतिकृया दिनुहॊस