‘पूर्वराजाको रअ’ प्रमुखसँग भेट भएको छैन’

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह र भारतीय गुप्तचर निकाय ‘रअ’का प्रमुखबीच भेटवार्ता भएको भन्ने समाचार प्रति शाहको सचिवालयले खण्डन गरेको छ। शाहका स्वकीय सचिव डा फणिराज पाठकद्वारा जारी विज्ञप्तीमा भनिएको छ।

पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट मध्यरातमा भारतिय गुप्तचर संस्था ‘रअ’का प्रमुखलाई भेटेको भन्ने केही अनलाईन पत्रिकाहरूमा छापिएका खबर पूर्णतया झूठो भएको जानकारी गराउन चाहान्छु।

यस्ता कपोलकल्पित, मनगढन्ते र राष्ट्रको गरिमा घटाउने समाचारहरूले नेपाल र नेपालीको गर्व र सम्मानमा ठेस लाग्ने भएकोले यस्ता समाचार संप्रेषण गरेर पत्रकारिताको धर्म र समाज प्रतिको दायित्व नबिर्सन अनुरोध गर्दछु। नेपाल भ्रमणमा आएका ‘रअ’ प्रमुख गोयल्ससँग पूर्वराजाले शाहले पनि भेट गरेको समाचार विभिन्न सञ्चार माध्यमहरुले सार्वजनिक गरेका थिए।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न …

प्रतिकृया दिनुहॊस