हिमालयन बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप

काठमाडौँ ।  हिमालयन बैंकले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने म्याद थप गरेको छ । बैंकले म्याद थप गरी साउन ३१ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । यस अघि छिटोमा साउन ६ गतेसम्म आवेदन दिन सकिने जनाएको थियो ।

बैंकले प्रति कित्ता एक हजार रुपैयाँका दरले “हिमालयन बैंक लिमिटेड बण्ड २०८३” नामको ३० लाख इकाई बिक्रि गर्न लागेको हो । सात बर्ष अवधीको यो ऋणपत्रमा बैंकले बार्षिक दश प्रतिशतका दरले अर्धबार्षिक ब्याज भुक्तानी गर्ने जनाएको छ।

बैंकले तीन अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । यसमध्ये ४० प्रतिशत अर्थात एक अर्ब २० करोड बराबरको १२ लाख इकाई सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत एक अर्ब ८० करोड बराबरको १८ लाख इकाई ठूला तथा संस्थागत लगानीकर्ता हरुलाई व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ।

उक्त ऋणपत्र न्यूनतम २५ र अधिकतम सम्पूर्ण कित्तामा आवेदन दिन सकिने बिक्री प्रबन्धक लक्ष्मी क्यापिलले जनाएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

प्राइम कमर्सियल बैंकले बोलायो साधारण सभा

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव …

प्रतिकृया दिनुहॊस