कतारसँग नेपाल चार विकेटले पराजित

काठमाडौं । सिंगापुरमा जारी आइसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट अन्तर्गत एसियाली छनोटमा नेपालले पहिलो खेलमै पराजय व्यहोरेको छ । मंगलबार भएको खेलमा कतारले नेपाललाई ४ विकेटले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२२ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको कतारले ४ बल बाँकी छँदै ६ विकेटको क्षतिमा १२४ रन बनाएको हो ।

कतारका लागि इनाम उल हकले सर्वाधिक ४१ रन बनाए । त्यस्तै कमरान खानले २२, मुहम्मद तनवीरले ११ र जहिर इब्राबिहमले १२ रन बनाए ।नेपालका लागि सन्दीप लामिछानेले तीन र करन केसीले एक विकेट लिए ।

यस अघि ब्याटिङतर्फ नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३४ रन बनाएका थिए । कप्तान पारस खड्काले २८, ज्ञानेन्द्र मल्लले २३ र सोमपाल कामीले ११ रन बनाए । अन्य ब्याट्सम्यान दोहोरो अंकमा रन बनाउन असफल रहे ।

कतारका लागि इकबाल हुसैनले तीन विकेट लिए । त्यस्तै नोउमन सरवार र तमोर सज्जादले २–२ विकेट लिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यूएईलाई हराउँदै नेपाल विश्वकपमा छनोट

काठमाडौं । नेपाल आइसिसी यू-१९ महिला टी-२० विश्वकपमा छनोट भएको छ । बुधबार एसिया छनोटमा आयोजक यूएईलाई ८ विकेटले हराउँदै नेपाल पहिलोपटक विश्वकपमा छनोट भएको हो । सन् २०२२ को छनोटमा नेपाल तेस्रो भएको थियो । यसपालि भने नेपालले उक्त प्रदर्शनमा सुधार गर्दै इतिहास रच्यो ।

प्रतिकृया दिनुहॊस