काठमाडौं । नेसनल माइक्रोफाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा १३ करोड १४ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको यसै अवधिको भन्दा ५३.२७% ले बढी हो । अघिल्लो वर्ष यसै अवधिमा नेसनलले ८ करोड ५७ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यता, असार मसान्तसम्म आइपुग्दा रिजर्भ कोषमा आकर्षक सुधार गरेको छ । यस अवधिमा रिजर्भ कोष ९६.३५% ले बढेर २४ करोड १२ लाख ३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष रिजर्भ कोषमा १२ करोड २८ लाख ३९ हजार रुपैयाँ रहेको थियो ।
नेसनलको खुद ब्याज आम्दानी पनि ५४.५७% ले बढेर २६ करोड ६४ लाख ६९ हजार रुपैयाँ पुगेको छ । साथै, सञ्चालन नाफा ५४.८२% ले बढेर २० करोड ८६ लाख ५७ हजार रुपैयाँ पुगेको छ । यस अवधिमा संस्थाको प्रतिसेयर आम्दानी ८७ रुपैयाँ १२ पैसा रहेको छ । साथै, प्रतिसेयर नेटवर्थ २५९ रुपैयाँ ८६ पैसा रहेको छ ।
प्रतिकृया दिनुहॊस