बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर १ साप्पाटामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । शनिबार बिहान गाईगोरुलाई राताखाली भन्ने मेलामा घाँस काट्न गएका बेला २७ वर्षीया लक्षु विकको भीरबाट लडेर मृत्यु भएको स्वामीकार्तिक खावर गाउँपालिका वडाध्यक्ष जनकबहादुर रोकायाले जानकारी दिए। ।
मेलामा घाँस काटिरहेका बेला गोडा चिप्लिएर भीरबाट खसेको मृतकका श्रीमान असारे वि.कले बताए । मृतकका तीन छोरा र एक छोरी छन् । घटना भएपछि प्रहरीलाई खबर गरिएको स्थानीयले बताएका छन् ।
तपाईंको प्रतिकृया



