सिटिजन लाइफको प्रथम बीमा शुल्क १ अर्बमाथि

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आ. व.२०७५।०७६ मा प्रथम बीमा शुल्क १ अर्बभन्दा बढी संकलन गर्न सफल भएको छ ।सो अवसरमा इन्स्योरेन्सले एक कार्यक्रमको आयोजना गरी खुसियाली मनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत  पोषक राजपौडेलले आगामी वर्ष नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृति लिई कम्पनीले ७५ करोडको शेयर सर्वसाधारणलाई जारी गर्ने जानकारी दिए । कम्पनीको नेपालभर छरिएर रहेका ७९ शाखा कार्यालयहरुमा समेत विभिन्न कार्यक्रम गरी यस सफलताको खुसियाली मनाएको कम्पनीले जनाएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सूर्यज्योति लाइफले सार्वजनिक गर्‍यो नयाँ बोनस दर, कुनमा कति दिन्छ ? (सूचनासहित)

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बोनस दर सार्वजनिक गरेको छ । गत आर्थिक वर्ष …

प्रतिकृया दिनुहॊस